ブログ国際化事業部からのお知らせ

नोवेम्बेर महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(11月の専門相談会のお知らせ)

●नोवेम्बेर 7 तारिखमा प्रशासनिक लेखनदास संगठन द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ।
【समय】2020 नोवेम्बेर 7तारिख (शनिबार) 13:00 – 16:00
2020 schedule_Administrative Scriveners

●नोवेम्बेर 13 तारिखमा वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
विवाह, घर भाडा, सम्पत्ति, र उत्तराधिकार जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सल्लाह गर्न सक्नुहुन्छ। परामर्शको लागि शुल्क लाग्दैन ।
【समय】2020 नोवेम्बेर 13 तारिख (शुक्रबार) 13:00 – 16:00
2020 schedule_Lawyers

●नोवेम्बेर 19 तारिखमा श्रमिक ब्युरो द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
ज्याला, काम गर्ने समय , बिदा, श्रम सम्झौता,काम खोज्ने तरिका आदिका बारेमा मियागी श्रमिक ब्युरो द्वारा सल्लाह लिन सक्नुहुन्छ ।
【समय】2020 नोवेम्बेर 19 तारिख(बिहीबार) 13:00 – 16:00
2020 schedule_Labour Bureau

●नोवेम्बेर 27 तारिखमा प्रस्थान तथा आप्रवासन ब्युरो (immigration) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
प्रवेश तथा बसोबास प्रक्रिया भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई प्रस्थान तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】2020 नोवेम्बेर 27तारिख(शुक्रबार ) 13:00 – 16:00
2020 schedule_Immigration Bureau

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>
【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】 TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को 30 मिनेट सम्म हुन्छ |
※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दा निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाइको नाम
– सम्पर्क (फोन नम्बर / ईमेल)
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– अनुवादकको आवश्यक छ कि छैन ?