ブログ国際化事業部からのお知らせ

नवजात शिशुहरूको लागिको विशेष अनुदान कोष (भर्खर जन्मिएका शिशुहरुको लागिको पैसा)(新生児臨時特別給付金)

सेन्दाई सिटीले, नवजात शिशुहरूको पालनपोषणको सहयोगका लागि,अनुदान रकम उपलब्ध गराउदछ ।

【लक्षित बर्गमा पर्ने नवजात शिशुहरू 】
2020अप्रिल 28 ~2021 अप्रिल 1 तारिख भित्रमा जन्मिएका र जन्मिएको बेलामा सेन्दाई सिटीको बासिन्दामा दर्ता भएका नवजात शिशुहरू

【लक्षित व्यक्ति(पैसा पाउने व्यक्ति )】
लक्षित बर्गमा पर्ने नवजात शिशुको पालनपोषण गर्ने आमा ।आमाले आवेदन दिन नसक्ने अवस्थामा, नवजात शिशुको पालनपोषण गर्ने बुवा आदिका अभिभावकहरु ।

【अनुदान रकम 】
लक्षित बर्गमा पर्ने नवजात शिशु एकजना बराबर 50 हजार एन

【आवेदन दिने तरिका 】
① अभिभावकलाइ, सेन्दाई सिटी द्वारा आवेदन फारम र फारम फिर्ता पठाउने खाम पठाउने छ । अबबाट, सेन्दाई सिटीमा जन्म दर्ता पेस गर्ने अवस्थामा भने , जन्म दर्ता पेस गरेको लगभग एकमहिना भित्रमा आवेदन फारम पठाइनेछ ।
※ आवेदन फारम चाँही, सेन्दाई सिटीको होमपेजबाट डाउनलोड गर्न पनि सक्नु हुनेछ ।
② आवेदन फारम सँगसँगै, आवेदन दिने व्यक्तिको परिचय प्रमाणित हुने बस्तु (रेसिडेन्स कार्ड, बिमा कार्ड वा ड्राइभिङ लाइसेन्स आदि ) र पैसा प्राप्त गर्नको लागि बैंकको पासबुकको फोटोकपी पठाउनु होला ।
※ आवेदन दर्ता पश्चात, सेन्दाई सिटीले तपाइको आवेदनको बारेमा जाँचबुझ गर्ने छ ।
यदि तपाइले रकम प्राप्त गर्न मिल्ने देखिएमा, लगभग एकमहिना भित्रमा अनुदान रकम तपाइको खातामा पठाइने छ ।

【आवेदन अवधि】
2020 सेप्टेम्बर 1 (मंगल)~2021 मे 31 तारिख (सोम )

बृस्तित रुपमा बुझ्न सेन्दाई सिटीको होमपेज हेर्नु होला ।
http://www.city.sendai.jp/kodomo-kyufu/sinseiji_rinjitokubetukyufu.html (जापानिज भाषा)

【सम्पर्क ठेगाना】
बालबालिका भविष्य ब्यूरो, बाल विकास विभाग नवजात शिशु विशेष अनुदान
फोन :022-214-2134
खुल्ने समय : 8:30 बजे ~17 बजे(शनिबार・आइतबार・सार्वजनिक बिदाको र नयाँबर्सको बिदाको दिन बाहेक )

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )